नेपालको सुनचाँदी बजारमा आज सुनको मूल्य कति ?
न्युज डेस्क
२६ कार्तिक २०७८, शुक्रबार

नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला ४ सयले उकालो लागेर ९४ हजार ४ सयमा कायम भएको छ।पहेँलो सुन बिहीबार प्रतितोला ९४ हजारमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रहने छ।यसको मूल्य अघिल्लो दिन प्रतितोला ९३ हजार ५ सय तोकिएको थियो।
त्यस्तै आज चाँदीको मूल्य बिहीबारका तुलनामा रू१५ ले उकालो लागेर एक हजार २ सय ८५ तोकिएको छ। चाँदी बिहीबार प्रतितोला एक हजार २ सय ७० मा कारोबार भएको थियो।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८सय ५९ डलर आसपासमा कारोबार भइरहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै