बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

केहि समुहले अशान्ति फैलाएपछि रुपैठामा प्रशासनले लगायो निषेधाज्ञा

 २७ कार्तिक २०७८, शनिबार  

जनकपुरधाम – धनुषाको देवपुरा रुपैठामा जिल्ला प्रशासनले निषेधाज्ञा लगाएको छ।

जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर २०, देवपुरा रुपैठा गाउँमा साम्प्रादायिक सद्भावमा खलल पुग्ने गरी योजनाका साथ आज केहि समुहले नारा जुलुस निकालेर अशान्ति बनाएको छ।

ती घटनालाई शान्त पार्न धनुषाका प्रमुख जिल्ला अधिकारी श्री बन्धु प्रसाद बास्तोलाले सूचना जारी गर्दै एक दिने निषेधाज्ञा लगाउने आदेश दिएका छन्।

आज शनिबार २:०० बजेदेखि लिएर आइतबार राति १०:०० बजे सम्मको लागि निषेधाज्ञा लगाइएको छ। देवपुराको जलाद नदीको कलरी बाँध, जनकपुर जटहि मार्ग दोबाटो, हनुमाननगर रामपुर बहुअर्वा जानेबाटो, देवपुरा निमचौक देखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै