बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

रेडक्रस सिरहा शाखाको सभापतिमा डा. यादव नियुक्त

 २८ कार्तिक २०७८, आईतवार  

उमेश अधिकारी
सिरहा । नेपाल रेडक्रस सोसाइटी शाखा सिरहाको सभापतिमा डा. नविन यादव नियुक्त भएका छन् । रेडक्रसको केन्द्रीय कार्यालयले डा. यादवलाई सभापतिमा नियुक्त गरेको हो ।

सभापतिमा नियुक्त भएका डा. यादव नेकपा एमालेका नेता एवं पूर्वसांसद स्वर्गिय हेमनारायण यादवका छोरा हुन् । यस्तै उपसभापतिमा उपेन्द्र यादव र महामन्त्रीमा श्याम क्षेष्ठलाई नियुक्त गरिएको छ । उपेन्द्र सिरहाका पूर्व उपमेयर र श्रेष्ठ पूर्वमन्त्री लीलानाथ श्रेष्ठका भाई हुन् ।

स्रोतका अनुसार रेडक्रस सिरहा शाखाको सभापति राजदेव यादवसहित पुरा कार्य समितिलाई हटाएर नयां कार्य समिति चयन गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै