सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

आगामी निर्वाचनबाट काँग्रेस पहिलो पार्टी : नेता थापा

 २९ कार्तिक २०७८, सोमबार  

काठमाडौं। आगामी निर्वाचनबाट काँग्रेस पहिलो पार्टी बन्ने नेपाली काँग्रेसका नेता गगन थापाले विश्वास व्यक्त गरेका छन्।

नेता थापाले भने’ गत निर्वाचनमा काँग्रेसको ३२ लाख मत पाएको थियो। पहिलो पार्टी बन्न ४५ लाख मत आवश्यक रहेको हुनाले उक्त मतले मात्र काँग्रेस पहिलो पार्टी बन्न नसक्ने उहाँको भनाई छन्। फेरी, उनले भने १३ लाख मत काँग्रेसले थप्नुपर्नेछ।

काठमाडौंको वडा र पालिका अधिवेशनमा विजयीलाई प्रमाणपत्र वितरण कार्यक्रममा उनले आवश्यक थप मत पुर्‍याउने गरी काम गर्न नेता कार्यकर्तालाई आग्रह गरे। उनले आगामी चैत्र ५ भित्रै स्थानीय निर्वाचन हुनुपर्ने बताए। चैत ५ भन्दा स्थानीय निर्वाचन पर सार्ने सुविधा संविधानले नदिएको उनले प्रष्टाए। चैत ५ पछि स्थानीय तहको निर्वाचन गर्ने भए अध्यादेश ल्याउनुपर्ने उनको तर्क छ। ‘हामीलाई तीन महिना मात्रै बाँकी छ,’ नेता थापाले भने, ‘१८ वर्षको मतदातालाई काँग्रेसको इतिहास सुनाएर हुँदैन। भविष्यमा काँग्रेसले गर्ने कार्य बताउन सक्नुपर्दछ।’ थापाले भने।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै