रुपैठाका दुई समुदाय बीचको विवाद समाधान, दंगा फैलाउनेलाई कारवाही हुने

जनकपुर – देवपुरा रुपैठामा दुई समुदाय बीच भएको विवादमा आज जिल्ला प्रशासन कार्यालय धनुषाले सर्वसम्मतिबाट समाधान गरिएका छन्।
जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा बाहिरबाट आएका केही उच्छृङ्खल दल समुहले हिन्दु-मुस्लिम समुदायबीचको विवाद गराएर साम्प्रदायिक दंगा फैलाउने खोजेपछि देश र विदेशमै त्यो घटना त्रासले फैलिएको थियो।
उक्त घटनालाई जिल्ला प्रशासन कार्यालय धनुषाले निष्पक्ष रूपमा छानबिन गरिएको छ। आइतबार सिडिओ कार्यालय धनुषामा दुबै पक्षलाई बोलाएर सर्वसम्मतिबाट समाधान गरि टुंगो लगाइएको छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले स्थानीय दुवै समुदायका अगुवालाई बोलाएर र जनकपुरधाम उपमहानगरको मेयर लालकिशोर साहको उपस्तिथिमा विवादित घटनालाई समाधान गरिएको छ।
पत्रमा लेखिए अनुसार अबदेखि तेलिया पोखरी डिलमा दुवै समुदायले पर्व मनाउने छन्। कुनै समुदायको पर्वमा कसैले पनि रोक नलगाउने निर्णय भएको छ। यदि कुनै तरिकाले दंगा फैलाउने व्यक्तिलाई कारवाही गर्ने भएको छ।
यता उक्त घटनामा निष्पक्ष रिपोर्टिङ गर्ने पत्रकारलाई सामाजिक संजालमा धम्की दिने व्यक्तिलाई कार्वाही गरिनेछ। भने गलत समाचार पोस्ट गर्ने जनकपुरका केही पेजमा पनि अनुगमन गरिने जनाएको छ।