बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

प्रदेश २ का उद्योग पर्यटन तथा वनमन्त्री राय पदमुक्त

 ३० कार्तिक २०७८, मंगलवार  

जनकपुर –  प्रदेश २ का उद्योग, पर्यटन तथा वन मन्त्री राम नरेश राय पदमुक्त भएका छन्। उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मंगलबार पदमुक्त गरेका हुन्।

प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतको सिफारिशमा उनलाई नेपालको संविधानको धारा १६९ को उपधारा(२) को खण्ड(ख) बमोजिम पदमुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता होम प्रसाद घिमिरेले पदमुक्त भएका मन्त्रीको कार्यभार समेत मुख्यमन्त्री राउतले सम्हाल्ने उल्लेख गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै