घर आगन नियमित बचत तथा ऋण सहकारी संस्था लि. को १३ औँ बार्षिक साधारण सभा सम्पन्न || बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह ||

सार्वजनिक विद्यालयले शुल्क लिएपछि विद्यार्थीद्वारा तोडफोड र आगजनी

 ३० कार्तिक २०७८, मंगलवार  

रौतहट जिल्लाको सदरमुकाम गौरको जुद्ध उच्च माविमा विद्यार्थीहरुले तोडफोड र आगजनी गरेका छन् ।

सार्वजनिक विद्यालयले माध्यमिक तहसम्म कुनै बहानामा शुल्क लिन नपाइने भने पनि विभिन्न शीर्षकमा शुल्क उठाएको भन्दै विद्यार्थीहरुले स्कुलमा आगजनी गरेका हुन् । विद्यार्थीहरुले सोमबार विद्यालयमा रहेका खानेपानीका ट्याङ्की पनि तोडफोड गरेका छन् ।

विद्यालयले नेपालीमा पढ्ने विद्यार्थीलाई निशुल्क र अंग्रेजीमा पढ्ने विद्यार्थीबाट मासिक शुल्क, भर्ना शुल्क, परीक्षा शुल्क र पाठयपुस्तकको शुल्क लिने गरेको छ । गौर नगरपालिका कार्यालयले समेत कुनै पनि बहानामा शुल्क नउठाउन पत्रचार गरे पनि जुद्ध माविले मानेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै