बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

महोत्तरीको रामगोपालपुर नगरले दियो प्रचण्डलाई स्वागत गर्न सार्वजनिक बिदा

 १ मंसिर २०७८, बुधबार  

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने एक कार्यक्रमकै लागि महोत्तरीको रामगोपालपुर नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।  नगरपालिकाले मङ्‍गलबार सूचना जारी गर्दै भोलि (मंसिर १ गते) सार्वजनिक बिदा हुने जानकारी दिएको हो।

नगर प्रमुख अशोककुमार मण्डलले जारी गरेकाे सुचनामा दाहालले वडा नम्बर २, ३, ४, ६, ७, ८ र ९ का आधारभूत स्वास्थ्य केन्द्रहरुको उद्घाटन गर्ने जनाइएकाे छ ।

उनका अनुसार कार्यक्रम बुधबार मध्याह्न १२ बजे रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्र, रामगोपालपुर-५ मा हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै