बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

अदालतको विवादमा बोल्यो सत्ता गठबन्धन

 १ मंसिर २०७८, बुधबार  

काठमाडौं। सत्ता गठबन्धनमा आबद्ध पाँच दलले सर्वोच्च अदालतमा देखिएको विवादबारे मुख खोलेका छन् । सरकारलाई सघाउन भन्दै कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको मंगलबार बसेको बैठकमार्फत सत्ता गठबन्धनमा आबद्ध पाँच दलले अदालतको विवादबारे ध्यानाकर्षण भएको भन्दै मुख खोलेका हुन् ।

‘सर्वोच्च अदालतमा केही समययता देखिएको समस्या र गतिरोधप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, राज्यको महत्वपूर्ण अंगका रूपमा रहेको न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्नेगरी यथाशीघ्र निकास हुनुपर्छ भन्ने हाम्रो धारणा छ र सम्बन्धित सबैबाट छिटो निकास दिने दिशामा पहल हुनेछ भन्ने हामी आशा गर्छाैं,’ बैठकपछि समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बैठकबारे जानकारी दिँदै समितिका एक सदस्यले समन्वय समितिमा सर्वोच्च अदालतमा केही समययता देखिएको समस्या र गतिरोधको तत्काल निकास खोजिनुपर्ने विषयमा छलफल भएको बताए । ‘अब अदालतको विवाद धेरै लम्ब्याउनुहुन्न भन्ने हो, यसमा गठबन्धन एक्सनमा नगए सरकारमाथि प्रश्न उठ्छ, यसतर्फ सरकारले गम्भीर रूपमा ध्यान दिनुपर्छ,’ प्रधानमन्त्रीसमेत सहभागी बैठकमा नेताहरूबाट राखिएको धारणाबारे जानकारी दिँदै एक सदस्यले राजधानीसँग भने ।

बैठकपछि सञ्चारकर्मीलाई निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहेका समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा राष्ट्रिय सभा निर्वाचन, प्रदेश सभा र प्रतिनिधि सभाको आसन्न उपनिर्वाचनमा पाँच दलीय गठबन्धनको सहकार्यलाई अघि बढाइने निर्णय भएको जानकारी दिए ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै