बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

ओली भन्छन् – सम्पूर्ण जातजाति मान्ने जनताको साझा राष्ट्रिय पार्टी हुन् ‘एमाले’

 १ मंसिर २०७८, बुधबार  

नेपालगञ्ज । आफ्नाे पार्टीसँग एक्लै निर्वाचन लड्ने दुस्साहस नगर्न एमाले अध्यक्ष केपी ओलीले चेतावनी दिएका छन् ।

एमाले बाँके जिल्लाको आयोजनामा बुधबार नेपालगंजमा गरिएको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो चेतावनी दिएका हुन्।

उनले नेपाली कांग्रेसलाई एक्लै चुनाव लड्न र आफ्नो साख जोगाउन हिम्मत नभएको दाबी गरेको छ। नेपाली कांग्रेसका प्रधानमन्त्री प्रचण्डको कारिन्दा भएको आरोप लगाउँदै पुरानो कांग्रेसलाई उनले आफ्नो नेतृत्वको सरकारले विकासको लहर ल्याएर विश्वसामु पहिचान बनाएको दाबी गर्दै आफ्नै पालामा नेपाल तीव्र ढंगले विकास गर्ने विश्वका १० देशको सूचीमा परेको उल्लेख गरे ।

एमाले कुनै जात विशेष, धर्म बिशेष, भुगोल बिशेषको मात्र प्रादेशिक पार्टी नभएको भन्दै उनले मेचीदेखि महाकालीसम्म, तराईदेखि हिमालसम्मका सम्पूर्ण जातजाति, धर्मावलम्बी मान्ने जनताको साझा राष्ट्रिय पार्टी भएको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै