बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

१८औं हस्तकला व्यापार मेला तथा १६औं कला प्रतियोगिता राजधानीमा सुरु

 ५ मंसिर २०७८, आईतवार  

 

१८औं हस्तकला व्यापार मेला तथा १६औं कला प्रतियोगिता राजधानीमा सुरु

१८औं हस्तकला व्यापार मेला तथा १६औं कला प्रतियोगिता शुक्रबारदेखि राजधानीमा सुरु भएको छ। नेपाल हस्तकला महासंघको आयोजनामा बौद्धस्थित होटल हायात रिजेन्सीमा सुरु भएको उक्त मेलाको प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार उद्घाटन गरेका छन्।

मेला मंसिर ५ गतेसम्म्म चल्ने बताइएको छ। उद्घाटनका क्रममा प्रधानमन्त्री देउवाले हस्तकला देशको कला र संस्कृतिको पहिचान भएको बताउँदै यसलाई विश्वस्तरमा बजारीकरण गर्नुपर्नेमा जोड दिए। हस्तकला विकास र सरंक्षणको लागि सरकार प्रतिबद्ध रहेको पनि उनले बताए।

हस्तकलामा कोरिएका चित्रहरू, मूर्ति देशको कला, धर्म–संस्कृतिको पहिचान भएकोले हस्तकलालाई संरक्षण गर्दै पुस्तान्तरण गर्न व्यवसायीलाई प्रधानमन्त्री देउवाको आग्र्रह छ। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले देशको धर्म, संस्कृतिको पहिचान नै हस्तकला हो भन्दै हस्तकलाले करिब सात अर्बको व्यापार गरेको जानकारी दिए।

कार्यक्रममा महासंघका उपाध्यक्ष तथा मेला संयोजक रवीन्द्र शाक्यले हस्तकला रोजगारी सिर्जनाका साथै आर्थिक उपार्जनको मुख्य स्रोत भएको जनाए। हस्तकलाको पहिचान र संरक्षणको लागि कला वर्ष घोषणा गर्न सरकारलाई उनको आग्रह छ। नागरिक दैनिक

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै