बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

प्रदेश २ मा एकीकृत समाजवादीका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

 ५ मंसिर २०७८, आईतवार  

जनकपुरधाम –  प्रदेश २ मा दुई जना नवनियुक्त मन्त्रीले शपथ ग्रहण गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी) पार्टीबाट सरकारमा सहभागी भएका शत्रुद्यन महतो र प्रमोद यादवले आइतबार बिहान शपथ ग्रहण गरेका हुन् ।

महतोले उद्योग, पर्यटन, वन तथा वातावरण र यादवले कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय पाएका हुन् ।

जनकपुरधामस्थित मधेश भवनमा आइतबार बिहान आयोजित समारोहमा प्रदेश प्रमुख हरिशंकर मिश्रले दुवै मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै