सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दै

 ७ मंसिर २०७८, मंगलवार  

काठमाडाैँ । आईसीसी महिला टी–ट्‍वान्टी विश्वकप एसिया छनोट अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेल भुटानसँग खेल्दैछ ।

नेपालले अब ग्लोबल छनौटमा पुग्‍न आफ्नो बाँकी चारवटै खेल जित्नुपर्ने हुन्छ भने हङकङले आफ्नो चार खेलमध्ये एकमा हार व्यहोर्नुपर्ने

हुन्छ ।

नेपालले ९ गते कुवेतसँग, १० गते मलेसियासँग र १२ गते युएईसँग खेल्ने कार्यक्रम छ । यसअघि हिजोको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ । दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपालले दिएको १ सय ५ रनको लक्ष्य हङकङले १८ ओभरमा पुरा गर्‍यो ।

हङकङका लागि मारिको हिलले सर्वाधिक ४४ रनको योगदान गरिन् । यसअघि पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ४ रन जोडेको थियो ।

नेपालका लागि ओपनर सीता राना मगरले सर्वाधिक ४० रन जोडिन् । हङकङका लागि क्यारी चन र बेट्टी चनले समान एक–एक विकेट हात पारे । ६ टोली सहभागी छनोटमा विजेता एक टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै