खोप लगाएका व्यक्तिहरु अब सहज रुपमा नेपाल र भारत आवत-जावत गर्न पाउने
न्युज डेस्क
८ मंसिर २०७८, बुधबार

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिहरु अब सहज रुपमा नेपाल र भारत आवत-जावत गर्न पाउने भएका छन् ।
स्वास्थ्य मन्त्रालयमा मंगलबार आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री विरोध खतिवडा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
स्वास्थ्य सचिव डा. रोशन पोखरेलका अनुसार दुवै देशका नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र देखाएर दुवै देशमा निर्वाध रुपमा आउजाउ गर्न पाउनेछन् ।
यसअघि कोरोना खोपको मान्यता नपाएको कारण नेपाल–भारत सीमामा आवत–जावतको समस्या थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै