बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

चुनाव नजिकिँदै जादा रेल सञ्चालन गर्न नेताले चलायो विवाह पञ्चमीको बहानामा यस्तो अभियान

 ८ मंसिर २०७८, बुधबार  

जनकपुरधाम – जनकपुर जयनगर रेल सञ्चालन गर्नुपर्ने माग राखेर जनकपुरधाममा नेताहरुले एक अभियान सुरु गरेको छ।

बुधबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता कार्यकर्ताहरुले विवाह पञ्चमीको बहाना लिएर आज प्रदर्शन गरेका छन्।

स्थानीयका अनुसार यति लामो समयसम्म रेल संचालन भएन यो महिना त्यो महिना हुन्छ भनेर हुदाहुदै १ वर्ष भन्दा बढी बित्यो तर अहिलेसम्म कुनै पनि नेताकार्यकर्ता सडकमा आएको हेरिएन। आजभोलि विवाह पञ्चमी आउदा चुनावी रणनीतिको भुमिका खेल्न जनकपुरका नेताकार्यकर्ताहरुले बहाना बनाएर प्रदर्शन गर्दै हिडेका हामी जनताले देखिरहेका छौ’ एक स्थानीयले बताए।

फ़ेरि एक स्थानीयले भने “मधेसी नेताले ठग्ने काम मात्र गरेको छ सरकार मुर्दावाद जस्ता नारा लगाएर सडकमा विरोध गर्ने यताका नेताकार्यकर्ताको एक मुठीको खेल हो, जनता सबै बुझ्छन्” ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै