बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

राप्रपामा गुटैगुट

 ९ मंसिर २०७८, बिहीबार  

काठमाडौं । प्रमुख राजनीतिक दलहरु यतिबेला महाधिवेशनमा होमिएका छन् । नेकपा एमाले र नेपाली कांग्रेससँगै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० पनि महाधिवेशनमा जुटेको छ ।

राप्रपाको महाधिवेशनमा पनि चार जना अध्यक्षको आकांक्षी देखिएका छन् । आकांक्षी बढ्दा एकता महाधिवेशनको रुपमा नारामै सीमित संकेत हुने देखिएको छ ।

राप्रपाले मंसिर १५ देखि १७ गतेसम्म हुने महाधिवेशनको प्रतिनिधि चयन प्रक्रिया टुंगाएको छ । काठमाडौमा हुने महाधिवेशनमा करिव ५ हजार प्रतिनिधि सहभागी हुँदैछन् । टुटफुट र जुटको सामना गर्दै आएको राप्रपामा आउँदो महाधिवेशन एकताको महाधिवेशनको रुपमा हुने बताइरहेका छन्। तर महाधिवेशनमा वर्तमान तीन अध्यक्ष कमल थापा, पशुपति शम्शेर जबरा, प्रकाशचन्द्र लोहनीसहित राजेन्द्र लिङ्देन गरी चार जनाले अध्यक्षको आकांक्षा देखाइरहेका छन् ।

राजेन्द्र लिङदेन बिहीबार उम्मेदवारी घोषणाको तयारीमा हुनुहुन्छ । अरु नेताहरु पनि प्रतिनिधि चयनको अंक गणितमा व्यस्त छन् । पटकपटकको विभाजनले छियाछिया भएको राप्रपाका सबैजसो धार एकै ठाउँमा जम्मा भएर गर्न लागेको यो महाधिवेशनमा फेरि सबैधारका छुट्टाछुट्टै आकांक्षी हुँदा महाधिवेशन नाममा मात्रमा सीमित हुने हो कि भन्ने आशंका बढेको छ ।

एकता महाधिवेशनमा स्पष्टरुपमा देखिएका धारहरुले महाधिवेशनपछि पनि पार्टीलाई एकताबद्ध बनाइराख्न देलान् त भन्ने चिन्ता राप्रपा कार्यकर्तामा देखिएको छ । पार्टी एकीकरणमा नेतृत्व गरेका सबै गुटका नेताहरु अहिले पनि छिन्नभिन्न अवस्थामा देखिएपछि एकता प्रक्रियालाई नै असर गर्छ कि भन्ने चिन्ता बढेको हो ।

प्रतिनिधि चयन प्रक्रियामा आफूलाई बलियो बनाउन हालका तीनैजना अध्यक्ष केन्द्रित भएका छन् । प्रतिनिधिमा आफ्ना मान्छे ल्याउने होड र एकताअघिको पूर्व पार्टीको धारलाई नै अघि बढाउने दौडले भोलि कसैको जित नस्वीकार्ने र फेरि फुटको विरासतमै जाने त होइन भन्ने चिन्ता राप्रपामा देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै