बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

सप्तरीमा अंदाजी ८० वर्षीय एक वृद्धकाे घाँटी रेटेर हत्या

 ९ मंसिर २०७८, बिहीबार  

सप्तरी । छिन्नमस्ता गाउँपालिकामा अंदाजी ८० वर्षीय एक वृद्धकाे घाँटी रेटेर हत्या गरेकाे छ ।

बुधबार सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ खुदिबखारी टाेलमा अंदाजी ८० वर्षीय मिश्रिलाल मण्डललाई घाँटी रेटेर हत्या

गरिएको अवस्थामा शव फेला परेकाे इलाका प्रहरी कार्यालय सखडाले जनाएको हो ।

मृतक मण्डल बुधबार बिहान घरमा खाना खाएर करिब १० बजे काम विशेषले सखडा तिर निस्केको स्थानीयबासिहरुले बताएका छन । साेहि क्रममा मण्डलकाे कसैले ब्यक्तिगत रिसिभिका कारण हत्या गरेकाे हुन सकिने परिवारजनकाे आराेप रहेकाे छ ।

यता साे घटनाको सम्बन्धमा आवश्यक थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एव प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै