बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

एमाले महाधिवेशनमा पदको संख्या बढाएर सहमतिको प्रयास

 ११ मंसिर २०७८, शनिबार  

चितवन। नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशका आकांक्षी नेताको व्यवस्थापन गर्न पार्टीको विधान संशोधन गरिएको छ। गत असोजमा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनबाट पारित विधानमा गए राति चितवनको सौराहामा भएको केन्द्रीय कमिटीको अन्तिम बैठकले पद संख्या बढाउने प्रस्ताव बन्दसत्रमा पेश गर्ने निर्णय गरेको हो।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार अब केन्द्रीय कमिटीमा ३०१, पोलिट्ब्युरोमा ९९, स्थायी कमिटीमा ४५, पदाधिकारी (सचिवालय) मा १९ सदस्य हुनेछन्। ती निकायमा अध्यक्ष र वरिष्ठ उपाध्यक्ष एक-एक, उपाध्यक्ष : छ, महासचिव एक उपमहासचिव तीन र सचिव सात हुनेछन्। यी सबै पदमा सर्वसम्मत गर्ने बैठकले निर्णय गरेको छ।

आज बिहान १० बजे बन्दसत्र सुरु गर्ने र सुरुमा विदेशी पार्टी र प्रतिनिधिका तर्फबबाट शुभकामना लिइने जनाइको छ। आउँदै गरेको निर्वाचनलाई ध्यानमाा राखेर विधान संशोधन गरिएको एमालेले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै