जनकपुरधाम उपमहानगर भित्र अटो रिक्साले यात्रुसंग मनपरी शुल्क लिदै सर्वसाधारणको गुनासो
तनविर रेजा राइन
१३ मंसिर २०७८, सोमबार

जनकपुर – जनकपुरधाम उपमहानगर भित्र अटो रिक्साले सर्वसाधारण यात्रुहरुसंग मनपरी शुल्क लिदैछन्।
अतिरिक्त शुल्कको नाममा अटो रिक्सा चालकले बारम्बार प्रत्येक दिन मनपरी शुल्क लिदा सर्वसाधारण यात्रुहरु ठगिएको महशुस गरेका हुन्।
जनकपुरधाम भित्र एक ठाउँबाट अर्को ठाउँ पुगाउन संबंधित निकायले तोकेको शुल्क अनुसार नभई जहाँ रु.३० लिनुपर्नेमा त्यहाँ रु.५० लिई अटो चालक मनपरी पैसा सर्वसाधारणसंग तान्दै छन्।
जनकपुरधाम भित्र पर्ने बिन्धी गाउँबाट पेठिया बजार जान प्रति व्यक्तिमा कुनै अटो रिक्सा चालकले रु.४० लिइरहेका छन् भने कुनै चालकले रु.५०,६०,७०, एकलो हुदा त १०० पनि तान्न खोजेको स्थानीयले बताउँछन्।
उनका अनुसार साँझको समयमा मात्र नभई जतिबेला पनि आजभोलि अटो रिक्साले जनकपुरधाम भित्र मनपरी शुल्क असुली गरिरहेको उनलेे गुनासो व्यक्त गर्छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै