बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

जनकपुरमा बस्ने एक व्यक्ति अत्यन्त गरिब, छोरा मानसिक रोगले ग्रसित – आर्थिक सहयोग माग्दै

 १४ मंसिर २०७८, मंगलवार  

धनुषा – अन्दाजी १७ वर्षीय नाबालक “राज राइन” को मानसिक सन्तुलन बिग्रिएको अर्थात् मानसिक रोगले ग्रसित भएको हुदा उपचारको लागि आर्थिक अवस्था कम्जोर रहेकोे परिवारजनले बताएका छन्।

जनकपुरधाम उपमहानगर वडा नं १४ रजौल घर निवासी बुवा नइम कावाडी र आमा सबाना खातुनका १७ वर्षीय छोरा “राज राइन” को मानसिक सन्तुलन बिग्रिएको अर्थात् मानसिक रोगले ग्रसित भएका हुन्। उनी अत्यन्त गरिब र विपन्न रहेको स्थानीयले जनाएको छ।

पारिवारिक पृष्ठभूमि र आर्थिक अवस्था :-
राज राइनका बुबा नईम कावाडी अहिले अर्की युवतीसँग विवाह गरी अन्यत्र बस्दै आएका छन् । आमा सबना खातुन श्रीमानविना एक्लो जीवन बिताइरहेकी छिन्, अर्काको घरमा काम गरेर छोरा राज राइनको अनुहार हेर्दै छिन् । आमाले आफ्नै कमाइबाट घर बनाए पनि आर्थिक अवस्था कमजोर रह्यो । अचानक सबना खातुनका छोरा राज राइनको मानसिक सन्तुलन बिग्रियो र उनी अहिले मानसिक रोगबाट ग्रसित छन् । आमाको आर्थिक अवस्था निकै कमजोर र नाजुक भएकाले छोराको उपचार खर्च जुटाउन नसकेकी हुन् । साथै राज राइनको उपचार खर्चको लागि आर्थिक सहयोगको जरुरी छन्।

पीडितलाई आर्थिक सहयोगको लागि सम्पर्क 9844008050

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै