सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

आजदेखि थप चिसो बढ्यो, सचेत हुन मौसमविद्को सुझाव

 १५ मंसिर २०७८, बुधबार  

काठमाडौं । आजदेखि थप चिसो बढ्ने भएकाले सचेत हुन मौसमविद्ले सुझाव दिएका छन् ।

हिजो बेलुकादेखि नेपालमा पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणाली र अरव सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार यसकै प्रभावले आजदेखि देशको धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भइ उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

यो प्रणालीको प्रभावले भोलिदेखि हिमपात हुने क्रम बढ्दै जाने भएकाले चिसो झन् बढ्ने उहाँको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै