सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

सरकारमा रहेका नेतृत्वकर्ता शासक हैन सेवक बन्नुपर्छ : उपाध्यक्ष सलामत राईन

 १५ मंसिर २०७८, बुधबार  

जनकपुरधाम – सरकारमा रहेका नेतृत्वकर्ताहरु शासन मात्र गरिरहेका छन्। फोहरी राजनीतिलाई सुधारेर विकासे राजनीतिको ब्यवस्था कायम गर्नुपर्छ अनि मात्र देशको राम्रो विकास हुने धनुषा चेम्बर अफ कमर्सका उपाध्यक्ष सलामत राईनले एक अन्तर्वार्ता बीच बताएका छन्।

उनले भने “जिम्मेवार पदमा जनताका जनप्रतिनिधि भएर काम गर्नेले जनताका सोचाइ र नेतृत्वकर्ताको सोचाइ मिलेका छन् कि छैनन् ? नेतृत्वकर्ता जनप्रतिनिधि जनताका शासक हैन, मात्र सेवक बन्नुपर्छ। त्यस अर्थमा नेतृत्वकर्ताले व्यवहार गरे कि गरेन भन्नेतर्फबाट पनि हेर्नुपर्छ। “राजनैतिक पार्टिका सरकारले आफूले केही गरेको देखाउन बतासे विकासको धारणामा कार्य गर्न सुरु गरे जसले गर्दा जनताले बिकासको साँचो अनुभुती गर्न पाएनन् । विकासलाई क्षणिक वा कुनै एक पुस्ताको लागि मात्र नभएर पछिका पुस्ताका लागि समेत हुने दिगो विकास चाहिन्छ।”

स्वास्थ्य र पोषणको अवस्था सुधार, शैक्षिक उपलब्धी, स्रोत साधनमा पहुँच, आम्दानीको न्यायोचित्त बिवरण आदिलाई विकासको परिसुचक मानिन्छ । पर्यावरण सामाजिक र आर्थिक क्षेत्रलाई समेत समेटेर विकास नै विकास हो । आधारभूत आवश्यकता वर्तमानमा प्रयोग गरी पछिको सन्ततिलाई पनि गरिने विकास नै विकास हो ।

“म भ्रष्टाचार गर्दिन र भ्रष्टाचार गर्न पनि दिन्न” भन्ने नारा सरकारी कार्यालयमा झुन्ड्याउँदैमा भ्रष्टाचार रोकिँदैंन । त्यसको लागि आत्मस्वच्छ, बिचारमा सुद्धिकरण र ब्यक्तिगत कार्यकर्तागत राजनीतिगत फाइदाबाट आफूलाई मन वचन र कर्मले स्वीकार गरेमा मात्र भ्रष्टाचार कम हुन सक्छ र बिकासको अनुभुति जनताले पाउन सक्छन” उपाध्यक्ष राईनको कथन छन्।

कार्यक्रम अन्तिममा फ़ेरि उनले भने “नेताले आफ्नो शासकीय शैलीलाई सेवक शैलीमा परिवर्तन गर्न सक्नुपर्दछ अनि मात्र नेपाली जनताले देशमा चाहेको विकास र समृद्धि प्राप्त गर्न सकिन्छ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै