सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

जनकपुरधाम नगरक्षेत्रमा मासु, मदिरा विक्रीमा रोक

 १६ मंसिर २०७८, बिहीबार  

जनकपुरधाम नगरक्षेत्रमा मासु, मदिरा तथा लागु पदार्थको सेवन र विक्रीमा रोक लगाइएको छ ।

भोली देखि सुरु हुन लागेको राम–जानकी विवाहपञ्चमी महोत्सवलाई मध्यनजर गर्दै मंसिर २६ गतेसम्म मासु, मदिरा तथा लागुपदार्थ सेवन तथा विक्री वितरण गर्न पूर्ण निषेध गरिएको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न प्रसाद उपाध्यायले जानकारी दिएका हुन् ।

शुक्रवार देखि सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सव सुरु हुँदैछ ।

जनकपुर नगरदर्शनबाट सुरु हुने विवाहपञ्चमी महोत्सव रामकलेवा गरेसँगै मंसिर २३ गते सम्पन्न हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै