बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

विवाहपञ्चमीको आज तेस्रो दिन धनुष यज्ञ मनाइँदै, भगवान रामले धनुष तोड्ने

 १९ मंसिर २०७८, आईतवार  

जनकपुरधाम : सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको आज तेस्रो दिन धनुष यज्ञ मनाइँदैछ । त्रेता युगमा जनकपुरमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा विवाह पञ्चमी मनाइन्छ ।

शुक्रबार पहिलो दिन नगर दर्शन र दोस्रो दिन हिजो शनिबार फुलवार लिला मनाइयो । आज रामको प्रतिकको रुपमा रहने बालकले धनुष तोड्ने छन् । यस्तै चौथो दिन तीलकोत्सव, पाँचौ दिन मटकोर र छैठो दिन रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै