बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

जनकपुरधाम : मेयर साहको पुत्लालाई फोहोरमै राखेर जलाएपछि

 २१ मंसिर २०७८, मंगलवार  

जनकपुरधाम उपमहानगरका केहि वडाध्यक्षले मेयर लालकिशोर साहको पुतलालाई फोहोरमा राखेर जलाएका छन् ।

विवाहपञ्चमीमा पनि नगर भित्रको फोहोर नउठाएको भन्दै वडाध्यक्ष र जनप्रतिनिधिले मेयर साहको पुत्ला जलाएका हुन् ।

विवाहपञ्चमीको अवसरमा जानकी मन्दिरको पहलमा नगरप्रमुख साहले सरसफाइ अभियान चलाए पनि अहिले पनि नगरका विभिन्न ठाउँमा फोहोरको डंगुर थुपारिएको छ । परिक्रमा मार्ग नै सरसफाइ नभएको र श्रद्धालु भक्तजनलाई कठिनाइ हुने जानकारी सम्बन्धित निकायलाई गराइसके पनि मेयर साहले बेवास्ता गरेकोले विरोधस्वरुप उनको पुत्ला दहन गरिएको वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै