बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

जानी खानको टिमले गरे पत्रकार गणेशप्रसाद रायकि श्रीमतीको शल्यक्रियाका लागि रकम उपलब्ध

 २१ मंसिर २०७८, मंगलवार  

जनकपुरधाम : रहिम युवा समाज नेपालका सदस्य तथा कतारस्थित राइडर्स जोन ट्रेडिङका सञ्चालकले जनकपुरका पत्रकारलाई नगद रु. १२ हजार आर्थिक सहयोग गरेका छन्।

जनकपुरधामका स्थानीय युवा नेता तथा राष्ट्रिय युवा संघका सचिवालय सदस्य समेत रहेका जानी खानको पहलमा जनकपुर रिपोर्टर्स डट कमका संचालक पत्रकार गणेशप्रसाद रायकि श्रीमतीको पाठेघरको शल्यक्रियाका लागि रकम उपलब्ध गराइएको हो ।

रहिम युवा समाजका सदस्य सदेबले जनताको हरेक समस्यामा साथ दिने गरेका छन् । यता असहाय, कमजोर, पिछडिएका र दुर्गम विपन्न परिवारलाई जातीय विभेदविना सबै प्रकारको सहयोग गर्दै आएका र सधै गर्ने छौ भन्ने प्रतिवद्धता अध्यक्ष जानी खानले व्यक्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै