बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

एसएमएस एजुकेशन सर्भिसेजद्वारा जनकपुरमा पीटीई एकेडेमिकको शुरुवात

 २४ मंसिर २०७८, शुक्रबार  

जनकपुरधाम : एसएमएस एजुकेशन सर्भिसेजको शाखा पीटीई एकेडेमिक जनकपुरमा एक कार्यक्रमका साथ उद्घाटन गरिएको छ ।
यसको स्थापनासँगै एसएमएस एजुकेशन सर्भिसेजको पीटीई एकेडेमिले विद्यार्थीको पहुँच वृद्धि गर्ने, आप्रवासी र विदेशमा पढ्न इच्छुक व्यक्तिलाई अध्ययनका लागि सहयोग गर्ने, छिटो र विश्वव्यापी मान्यता प्राप्त गर्ने अंग्रेजी भाषा प्रवीणता परिक्षण बनाउने उद्देश्य पछ्याउनेछ ।
उद्घाटन कार्यक्रममा बोल्दै एसएमएसका प्रबन्ध निर्देशक राजकुमार सुवेदीले भने, ‘अंग्रेजी भाषा प्रवीणता प्रोफेसर र विदेशमा करिअर खोज्ने विद्यार्थीहरुको सफलताका लागि निकै महत्वपूर्ण छ । हामीले अंग्रेजी परिक्षण गर्नेहरुका लागि पीटीई एकेडेमिक उचाईमा पुगिरहेको देखिरहेका छौँ किनभने यो पूर्णरुपमा अनलाइन परिक्षा प्रणाली हो ,त्यसैले यो अत्यन्तै सुविधाजनक र सुरक्षित तरिकाले छिटो परिणाम वितरण गर्छ ।’
जनकपुर शाखाका प्रबन्धक अशोक अधिकारीले भने, ‘पीटीई एकेडेमिक आप्रवासी र विदेशमा अध्ययन गर्न चाहनेहरुका लागि एक विदेशी कम्प्यूटर आधारित अंग्रेजी परिक्षा हो । यसले सटीक र निष्पक्ष स्कोर परिणामको लागि धेरै लोकप्रियता प्राप्त गरिरहेको छ। हाम्रो परिक्षण केन्द्रले जनकपुरमा पीटीई एकेडेमिक परिक्षालाई अझै बढि पहुँच प्रदान गर्नेछ जसले परिक्षार्थीलाई सुविधाजनक, निरन्तर र व्यावसायिक परिक्षण वातावरण प्रदान गर्छ । ’
पीटिई एकेडेमिक किन ?
पीटीई एकेडेमिक कम्प्यूटर आधारित भाषा परिक्षा हो जसले अन्तर्राष्ट्रिय विद्यार्थीहरु र रोजगारी खोज्नेहरुका लागि छिटो, निष्पक्ष, लचिलो तरिकाले आफ्नो अंग्रेजी भाषा परिक्षण गर्ने माध्यम हो । यस परिक्षणले अष्ट्रेलिया, आयरल्यान्ड र न्यूजील्यान्डको विश्वविद्यालयमा सत प्रतिशत स्वीकृती पाइसकेको छ । पीटीई एकेडेमिक संयुक्त राज्य अमेरिका, यूके, क्यानडा, सिंगापुर, हार्वर्ड बिजनेस स्कुल, येल विश्वविद्यालय, इनसिड र लण्डन बिजनेस स्कुल जस्ता प्रसिद्घ कलेज, विश्वविद्यालय, परिक्षण प्रदायक र प्रोफेसनल एसोसिएसनद्वारा मान्यता प्राप्त गरिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै