सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

संविधान संशोधन र नागरिकताको मुद्दा छिटोभन्दा छिटो समाधान होस् : अध्यक्ष यादव

 २४ मंसिर २०७८, शुक्रबार  

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन र नागरिकताको मुद्दा छिटोभन्दा छिटो समाधान हुनुपर्ने बताएका छन्।

शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुगेका अध्यक्ष यादवले संविधानप्रति मधेशी जनता असन्तुष्ट रहेको बताउँदै संविधान संशोधनको मुद्दालाई जोड दिनुपर्ने बताए।

अध्यक्ष यादवले मधेशी नागरिकले नागरिकता पाउन समस्या झेल्नुपरेको भन्दै त्यो समस्या समाधान गर्नुपर्नेमा जोड दिए। साथै उनले देशमा अधिकार प्राप्तीका लागि पुनः आन्दोलन गनुपर्ने अवस्था सिर्जना नहोस् भन्दै चेतावी दिए।
मधेशी, दलित, अल्पसंख्यकहरुले आफ्ना अधिकार सहज रुपमा पाउनुपर्नेमा उनको जोड छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै