मुस्लिम आयोगद्वारा आज जनकपुरधाममा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनकपुरधाम : मुस्लिम आयोगले आज जनकपुरधाममा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको अध्यक्षतामा र प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतको प्रमुख अतिथिमा शनिबार सिता शरन होटेलमा कार्यक्रमको उद्घाटन गरिएको थियो ।
अध्यक्ष समिम मिया अन्सारी र मुख्यमन्त्री लालबाबु राउत एवम् उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतो, प्रदेशसभा सदस्य अशोक यादव, जयनुल राइन, दिलीप साह, सुरिता साहलगायतका वक्ताले मुस्लिम समुदायको अधिकारका विषयमा आफ्नो धारणा राखेका थिए ।
उक्त कार्यक्रममा मुस्लिम समुदायको हकहितको अभिवृद्धिका लागि विद्यमान कानुनी, नीतिगत र संस्थागत विषयमा प्रदेश सरकार र प्रदेश सभाका सदस्यहरूसँग छलफल र अन्तरक्रिया गरिएको थियो । जसमा मुस्लिम अगुवा, बुद्धिजीवी तथा युवाहरूले आ-आफ्नो विचार मन्तव्य राखेका थिए ।