बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

किन छिट्टै चिसाे बढ्याे यसपालि, के भन्छन् माैसमविद् ?

 २६ मंसिर २०७८, आईतवार  

अन्य वर्षहरुको तुलनामा यस वर्ष सरदरमा भन्दा बढी जाडो हुने हावापानी विश्लेषण शाखाले जनाएको छ । न्युनतम् र अधिकतम तापक्रम समेत सरदरमा भन्दा वृद्धि हुने शाखाकी प्रमुख इन्दिरा कडेँलले जानकारी दिनुभयो । आइतबार विहान मात्र जुम्लामा न्युनतम तापक्रम माइनस ४.५ डिग्री सेल्सियस पुगेको छ भने काठमाडौं उपत्यकामा समेत नौ डिग्री सेल्सियसमा रहेको तापक्रम पाँच डिग्री सेल्सियसमा तल झरेको छ ।

यसरी हेर्दा छोटो समयमा चार डिग्री सेल्सियससम्म न्युनतम तापक्रममा सुधार आउनुले यस वर्ष अघिल्लो वर्षभन्दा बढी चिसो हुने पूर्वानुमान शाखाले गरेको छ । हिउँद अवधिमा देशको अधिकांश उच्चपहाडी र तराईका भू–भाग तथा सुदूरपश्चिम प्रदेशको धेरैजसो भू–भागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी रहेन सम्भावना ४५ प्रतिशत रहेको छ भने बाँकी भू–भागमा न्युनतम तापक्रम सरदर भन्दा बढी रहने सम्भावना ५५ प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो ।

शाखाले मङ्सिर १५ गतेदेखि फागुन १६ गते सम्मलाई हिउँद अवधि मान्ने गरेको छ । यस वर्षको हिउँद अवधिमा प्रदेश नं १ र अन्य प्रदेशका तराईका जिल्लाहरु बाहेकका अधिकांश भू–भागहरुमा अधिकतम् तापक्रम सरदर भन्दा बढी रहने सम्भावना ४५ प्रतिशत रहेको छ । बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर र आसपासका जिल्ला, गण्डकी प्रदेशको पर्वत, कास्की र म्याग्दी जिल्लाका धेरैजसो भू–भाग र सुदुरपश्चिम प्रदेशको डडेलधुरा, बैतडी, डोटी र अछाममा तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ५५ प्रतिशत रहेको शाखाले जनाएको छ ।

यता प्रदेश नंम्बर दुई, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लाहरु र लुम्बिनी प्रदेशको पूर्वी तराईका जिल्लाहरुका धेरैजसो भू–भागहरुमा अधिकतम् तापक्रम बृद्धि हुने सम्भावना ४५ प्रतिशत रहेको छ । यता हिउँद मौसम अवधिमा सरदर भन्दा कम वर्षा हुने शाखाले जनाएको छ । नेपालको मुख्य २० वटा केन्द्रहरुमा हिउँद अवधिमा मापन गरिएको ३० वर्ष यता सन् १९९१ देखि २०२० को औसत वर्षा ५६.५ मिलिमिटर रहेको छ । यस वर्ष समेत औसत भन्दा कम वर्षा हुने जनाएको छ ।

चिसो बढेसँगै वायु प्रदूषणमा वृद्धि न्युनतम तापक्रममा सुधार आएसँगै वायु प्रदूषणको दर पनि वृद्धि भएको वातावरण विभागको तथ्याङक छ । पछिल्लो साता चिसो बढेसँगै देशका मुख्य शहर पोखरा, काठमाडौं, सिमरा, धनगढी, जनकपुर, विराटनगर लगायतमा वायु प्रदूषण वृद्धि भएको छ ।

विभागको तथ्याङ्कानुसार पार्टिकुलेट म्याटर २.५ आकारको धुलो पोखरा १९०, विराटनगर १८३, सिमरा १७९, धनगढी १७६, कीर्तिपुर १५६, रत्नपार्क १६०, शंकपार्क १५६, जनकपुर १५३ माइक्रोग्राम परमिटर क्युव पुगेको छ । यो वायुको गुणस्तर खतरनाक भएको भन्दै मर्निङ वाकदेखि जथाभावी बाहिरी क्षेत्रमा हिँड्डुल गर्न नहुने स्वास्थ्यकर्मीहरुले सुझाव गरेका छन् । यता, देशैभर चिसो बढेका कारण सुरक्षा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । यो समाचार गोरखापत्रमा छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै