बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

निरजको निर्णायक गोलमा संकटा विजयी

 २७ मंसिर २०७८, सोमबार  

काठमाडौँ । निरज बस्नेतले निर्णायक गोल गरेपछि संकटा क्लब शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको चौथो स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा सोमबार भएको खेलमा संकटाले विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोलले हरायो ।

प्रतिस्पर्धात्मक खेलमा संकटालाई जिताउन निरजको गोल प्रयाप्त बन्यो । १८औँ मिनेटमा निरजले लक्ष्मण रुचालको पासमा हेडमार्फत गोल गर्नुभएको थियो । निरजको गोलसँगै जारी लिगमा ५० गोल पूरा भएको छ । पुलिस र संकटाबीचको खेलसँगै लिगमा २७ खेल पनि सकिएको छ । दोस्रो हाफमा पुलिसले केही राम्रा अवसर गुमाउँदा हार खेप्न बाध्य भयो ।

निर्णायक गोल गर्न सफल संकटाका निरज ‘म्यान अफ दी म्याच’ हुनुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो । संकटाकै रोशन पहारी ‘इमर्जिङ प्लेयर’ घोषित हुनुुभयो । जितसँगै चौथो स्थानमा रहेको संकटाको चार खेलबाट आठ अंक पुगेको छ । समान खेलबाट पाँच अंक बनाएको पुलिस आठौँ स्थानमा छ ।

समान आठ अंक बनाएको त्रिभुवन आर्मी क्लब तेस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको साविक विजेता मच्छिन्द्र र दोस्रो स्थानमा रहेको मनाङ मस्र्याङ्दीको समान १० अंक छ । जारी लिगमा मच्छिन्द्र, संकटा, मनाङ र आर्मी अपराजित टोली हुन् । लिग अन्तर्गत सोमबार साँझ जावलाखेल र ब्रिगेड ब्वाइजबीच प्रतिस्पर्धा हुँदैछ । यो समाचार गोरखापत्र दैनिकमा छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै