सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

एमसीसीकाे विराेध गर्ने १५ जना पक्राउ

 २८ मंसिर २०७८, मंगलवार  

काठमाडाैं। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा उत्रिएका नेकपा (क्रान्तिकारी माओवादी) र नेत्र विक्रमचन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगायत पार्टीहरुले मंगलबार संघीय संसद् भवन अगाडि प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा ब्यारिकेडलाई तोड्दै निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपमा केही कार्यकर्ता घाइते पनि भएका छन् ।

महानगरीय प्रहरी कार्यालय एसपी सुशीलसिंह राठौरका अनुसार प्रदर्शनमा उत्रिएका १५ जनालाई पक्राउ गरी महानगरीय प्रहरी वृत बानेश्वरमा राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै