सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

इन्डाेनेसियामा गयाे शक्तिशाली भूकम्प

 २८ मंसिर २०७८, मंगलवार  

काठमाडाैं। इन्डोनेसियामा आज मंगलबार शक्तिशाली भूकम्प गएकाे छ। देशको फ्लोरेस समुन्द्र नजिकै पर्ने ठाउँमा ७.६ म्याग्नेच्यूडको भूकम्प गएको हाे ।

शक्तिशाली भूकम्प गएपछि आँधीको समेत खतरा रहेको अधिकारीहरुले जनाएका छन् । झण्डै एक हजार किलोमिटर टाढादेखि आँधीको संभावना रहेको समाचारमा जनाइएको छ । क्षतिकाे विवरण आएकाे छैन।

यसअघि गत आइतबार राती पनि मालुकु प्रान्तमा केन्द्रविन्दु भएर ५.६ म्याग्नेच्यूडको भूकम्प आएको थियो । –एजेन्सी 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै