सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

खतरनाक युद्ध ड्रोन सार्वजनिक

 २९ मंसिर २०७८, बुधबार  

रुसले हालै विकसित गरिएको युद्ध ड्रोन सार्वजनिक गरेको छ । उक्त ड्रोनमा रहेको एन्टी डिटेक्सन क्षमताका कारण यसलाई सजिलै पत्ता लगाउनै सकिन्न ।

सुखोई एस–७० को परिष्कृत संस्करणका रूपमा रहेको ओखोत्निक मंगलवार दक्षिणी साइबेरियामा रहेको नोभोसिबिर्स्क शहरमा सार्वजनिक गरिएको हो । रुसको रक्षा मन्त्रालयका कर्मचारी अलेक्सी क्रिभोरुच्कोले यस प्रक्रियाको पर्यवेक्षण गरेका छन् ।

यस ड्रोनलाई छिट्टै उडाइनेछ । ड्रोनमा रहेको फ्ल्याट रकेट नोजलले रेडारमा पर्नबाट रोक्छ । क्रिभोरुच्कोले यो प्रविधि रुससँग मात्र भएको र नयाँ ड्रोनले रुसको रक्षा उद्योगको उच्च उपलब्धिको प्रतिनिधित्व गर्ने बताए ।

रुससँग निगरानी र युद्ध मिसनका लागि २ हजार ड्रोनहरू प्रयोगमा रहेको गत नोभेम्बर महिनामा राष्ट्रपति भ्लादिमिर पुटिनले खुलासा गरेका थिए । एजेन्सी

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै