बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

भारतका रक्षामन्त्री सिंहले भन्छन् ‘नेपालसँग झुक्छौं तर सम्बन्ध बिगार्दैनौं’

 १ पुष २०७८, बिहीबार  

भारतका रक्षामन्त्री राजनाथ सिंहले केही शक्तिले नेपाल–भारत सम्बन्ध बिगार्न चाहेको तर त्यस्तो हुन नदिने बताएका छन्। देहरादुनमा बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्री सिंहले भारतले नेपालसँगको सम्बन्ध थप प्रगाढ बनाउन आवश्यक परे शिर झुकाउनुपर्ने तर तोड्न नहुने बताएका हुन्।

‘केही शक्तिले दुई देशबीचको सम्बन्ध बिगार्न चाहेका छन्। तर सरकारको प्रतिनिधिका रूपमा म भन्न चाहन्छु कि आवश्यक परे हामीले नेपालसँग शिर झुकाउँछौँ तर सम्बन्ध बिग्रिन दिँदैनौं,तोड्दैनौं,’ रक्षामन्त्री सिंहलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले लेखेको छ। रक्षामन्त्री सिंहले नेपाल–भारतबीचको सम्बन्ध बिगार्न चाहने शक्तिको नाम भने उल्लेख गरेका छैनन्।

रक्षमन्त्री सिंहले गत वर्ष नेपालको लिपुलेक हुँदै कैलाश मानसरोवर जोड्ने सड्क उद्घाटन गरेपछि नेपाल र भारतबीचको सम्बन्धमा चिसोपन सुरु भएको थियो। त्यसअघि भारतले नेपालको भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेको राजनीतिक नक्सा सार्वजनिक गरेको थियो।

त्यो विवाद साम्य नहुँदै सिंहले नेपाली भूभागमा बनेको सडक उद्घाटन गरेपछि चर्काे आलोचना भएको थियो। भारतले एकपक्षीय रूपमा नेपाली भूभाग आफ्नो नक्सामा राख्ने र नेपाली भूभाग अतिक्रमण गरी सडक विस्तार गरेपछि नेपालले पनि भारतले अतिक्रमण गरेको भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेको थियो।

त्यसयता दुई देशबीच देखिएको तिक्ततापूर्ण सम्बन्धमा पूर्णरूपमा सुधार आइसकेको छैन।  भारतीय नेताहरूले आफ्नै कारणले नेपालसँगको सम्बन्धमा तिक्तता आए पनि त्यसको आरोप चीनमाथि लगाउने गरेका छन्।

नेपालले लिपुलेकमा भारतले सडक विस्तार गरेको विषयमा विरोध जनाएपछि भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवाणेले चिनियाँ उक्साहटमा नेपालले विरोध गरेको आरोप लगाएका थिए। यो समाचार नागरिक दैनिकमा छापिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै