बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

सर्लाहीमा आगलागी हुँदा एकै घरका दुई बालिकासहित तीन जनाको मृत्यु

 १ पुष २०७८, बिहीबार  

सर्लाही ।  सर्लाहीमा आगलागी हुँदा एकै घरका दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ ।

कविलासी नगरपालिकामा आगलागीमा परि एकै परिवारका दिदी–बहिनीको ज्यान गएको प्रहरीले जनाएको छ ।

गएराति सवा ९ बजे विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा कविलासी नगरपालिका–७ सिर्सिया बस्ने जोगी महरा चमारकी ८ वर्षीया छोरी लक्ष्मी कुमारी र ३ वर्षीया सोगन्धी कुमारीको ज्यान गएको हो ।

जलेर गम्भीर घाइते भएका उनीहरुलाई थप उपचारका लागि काठमाण्डौ ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

आगलागीमा परेर चमारकी अर्की छोरी ५ वर्षीया सुधा कुमारी घाइते भएकी छिन् । आगलागीबाट चमारको फुसले छाएको कच्ची घर जलेर नष्ट भएको छ । यस्तै, मलङ्गवा नगरपालिका–६, खुटौनामा परालको घुर बालेर आगो ताप्ने क्रममा जलेर एक वृद्धाको ज्यान गएको छ ।

गएराति साढे ११ बजे बाटो छेउमा पराल बालेर आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा ७० वर्षीया नसिर खाँको ज्यान गएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै