बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

भ्रामक समाचार लेख्ने मिडियालाई कारबाही गर्न स्वास्थ्य प्रमुख अन्सारीको माग

 १ पुष २०७८, बिहीबार  

सुनसरी । केही दिन अगाडि प्रदेश पोइन्ट र नागरिक अभियान अनलाइनमा प्रकाशित सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख आलम अन्सारीको नाममा अनियमितता गरेको समाचारप्रति स्वास्थ्य प्रमुख अन्सारीले बिहिवार एक प्रेस विज्ञप्ति जारी गर्दै सो समाचार निराधार कलोकल्पित तथा भ्रामक रहेको भन्दै आफ्नो ध्यानाकर्षण भएको सो विज्ञप्तिमा उल्लेख रहेको छ ।

विज्ञप्तिमा उल्लेख भए जस्तो ” केही सिमित व्यक्ति र प्रदेश पोइन्ट र नागरिक अभियान मिडियाले यथार्थ कुरा नबुझी, तथ्यको गहिराई नबुझीकन एकतर्फी रुपमा मलाई बदनाम गर्न, मेरो व्यक्तिगत चरीत्र हत्या र कर्मचारी प्रतिसोध साध्नका लागि अनियमितताको विषयमा मेरो नाम जोडेर आएको प्रकाशित, प्रसारित समाचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

सो अन्लाईनको समाचारमा उल्लेख भएको जस्तो “भोक्राहा नरसिंह गाउँपालिकामा अख्तियारको छापा” भन्ने शिर्षकमा”स्वास्थ्य शाखा प्रमुख अंसारीले पहिलो चरणको कोरोना भाइरस नियन्त्रण गर्नेबेलामा क्वारेन्टाइन सञ्चानलसगैँ खानामा अनियमितता गरेको” र “स्वास्थ्य शाखा तथा जिन्सी शाखामा लाखौँ रुपैयाँ अनियमितता गरेको अख्तियारको आशंका रहेको छ ” भन्ने समाचारमा मेरो नाम जाेडेर आएको समाचार प्रति खेद व्यक्त गर्दछु । यस्तो झुठो समाचार तथा प्रचारको निन्दा समेत गर्दछु ।

आफुले नेपाल सरकारको ईमानदार कर्मचारी भएको र भोक्राहा नरसिंह गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुख।र जिन्सी शाखा प्रमुखको जिम्मेवारी पाएर काम गर्दा हालसम्म कुनैपनि अनियमितता नगरेको जानकारी गराउँदछु । केहि सिमित व्यक्तिले आफ्नो स्वार्थ पुरा गर्न षड्यन्त्रबस मलाई फसाउन खोजेको समेत जानकारी गराउँदछु ।

हालै केही अनलाईनमा भोक्राहा नरसिंह गाउँपालिकाको स्वास्थ्य प्रमुख आलम अन्सारीले अनियमितता गरेको आरोप लगाएकोमा त्यो त पूर्ण झुठो आरोप, निराधार र कलोकल्पित तथा भ्रमात्मक समाचार मात्र रहेको र त्यसको पछि नलाग्न अपिल गर्दछु ।

पालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, अन्य कार्यपालिका सदस्यहरु समेतको संलग्तनामा भएको काम, कार्यक्रम, खरिद सम्मको काममा कार्यपालिका समितिका सबैको सहमती, हस्ताक्षर र निर्णयमा काम भएकोमा मेरो मात्रै नाम जोडेर एकतर्फी तथ्यहिन, कलोकल्पित, भ्रमात्मक, म नेपाल सरकारको कर्मचारी भएकोले अपमान समेत गरी व्यक्तिगत चरित्र हत्यासम्मको प्रयास गरेर समाचार आएकोमा त्यसको निष्पक्ष छानबिनको माग गर्दछु ।

कोरोना भाइरसलाई मध्य नजर गर्दै क्वारेन्टाइनलाई संचालन गर्न समिति बनाएको थियो अर्थात समितिद्वारा क्वारेन्टाइन चलेको थियो । समितिका अध्यक्षमा गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव र सदस्यमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरे, भोक्राहा नरसिंह गाउँपालिका-८ का वडा अध्यक्ष हातिम अन्सारी र वडा- ७ का अध्यक्ष रामचन्द्र यादव, तत्कालीन योजना शाखा र जिन्सी शाखाका कर्मचारी शिवनारायण यादव र म आलम अन्सारी थिए । कोरोना भाइरसलाई पुर्ण रोकथाम गर्न व्यवस्थापन गरेको क्वारेन्टाइन पुर्ण तरिकाले चलेको थियो । क्वारेन्टाइन संचालनमा खरिद गरिएको सम्पुर्ण सामाग्री हालसम्म गाउँपालिकाको स्टोर रुममा सुरक्षित छ । समाचारमा उल्लेख भएको जस्तो “क्वारेन्टाइन संचालनको समयमा खानामा अनियमितता” भन्ने विषयमा क्वारेन्टाइनमा राखिएको व्यक्तिहरुलाई मनोबल उच्च गर्नु पर्ने कि मानसिक तनाव दिनुपर्ने, क्वारेन्टाइनमा बसेका व्यक्तिहरु त्यसबेला आफै डराएर बसेको अवस्था थियो । क्वारेन्टाइनमा बसेकाहरु मध्ये को कति बेला पोजेटिभ, को कति बेला नेगेटिभ हुन्छ । राज्यले तिनीहरुलाई संरक्षण तथा सुरक्षित राख्न क्वारेन्टाइनको व्यवस्था गरिको थिए । तिनीहरुलाई खाना दिएको बापत कसरी बिल भर्पाए गर्न सकिन्थ्यो भन्ने प्रश्न आफैमा अमानवीय प्रश्न हो । क्वारेन्टाइन संचालनमा सम्पुर्ण पदाधिकारी रहेपनि एकतर्फी मेरो नाम मात्रै आएकोले षड्यन्त्रबस र तथ्यहिन कलोकल्पित, भ्रमात्मक समाचार रहेको यसैबाट पुष्टि हुन्छ । तसर्थ त्यसका बावजुदपनि एकतर्फी रुपमा मलाई बदनाम गर्न खोजेकोले त्यसता मिडियालाई पत्रकारीता ऐन, नियम अनुसार कानुन बमोजिम हदैसम्म कार्वाही गर्न म नेपाल पत्रकार महासंघसँग जोडदार माग गर्दछु ।

मैले गाउँपालिकाको नियम, ऐन, कानुन र गाउँ सभाबाट पास भएको कार्यक्रमहरु र बजेटलाई आर्थिक नियमावलि समेतलाई ध्यानमा राखी पारदर्शि रुपमा नै गरेको सबैमा अनुरोधपनि गर्दछु । क्वारेन्टाइनको खानामा अनियमितता , जिन्सीमा अनियमितता , ओैषधीमा अनियमितता गरेको आएको समाचार निराधार, प्रमाणहिन र तथ्यहिन रुपमा आएको मेरो दाबी छ । मैले अनिमियता नगरेको र पूर्ण रुपमा गाउँबासी नागरिकको पक्षमा सक्रिय भएर काम, विभिन्न कार्यक्रम, जनसमुदायमा सेवा दिदै आएको सबैमा विधितै छ । त्यसका बावजुदपनि एकतर्फी रुपमा मलाई बदनाम गर्न खोजेकोले समाचारप्रति गम्भीरता पुर्वक सोच्नु पर्दछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपाल भ्रष्टाचार नियन्त्रणको लागि नेपालको संवैधानिक निकायको रूपमा स्थापित संस्था भएकोले छापा मार्नु स्वभाविक हो । गाउँपालिका विरुद्ध अख्तियारमा उजुरी परेकोले छापा मारेको हो । अख्तियारले आफ्नो नियम र कानुन अनुसार काम गरेको हो । अख्तियारले छानबिन गरि रहेका छन् । अख्तियार आफ्नो प्रक्रिया पुर्याइ रहेका छन् । दोषि जोकसैलाई हालसम्म अख्तियारले छाडेका छैनन् । मपनि दाेषी ठहरेमा कानुन बमोजिम सहन तयार छु । तर यसरी मिडियामा अनावश्यक व्यक्तिगत चरीत्र हत्या सम्मको प्रयास वा समाचार प्रकाशित नगर्न आग्रह सहित नेपाल पत्रकार महासंघलाई ध्यानाकर्षण समेत गराउन चाहन्छु ।

आदरणीय राजनीतिकर्मी, पत्रकारहरु, नागरिक समाज तथा मानव अधिकारकर्मीहरुलाई म अन्यायमा परेकाले न्यायको लागि पहल गरिदिनुहुन अनुरोध पनि गर्दछु । कमिसनमा ओैषधी खरिद तथा जिन्सीमा अनियमितता गरेको आरोप निराधार र कलोकल्पित तथा भ्रमात्मक भएकाले त्यसको पछि नलाग्न पनि आग्रह गर्दछु भन्ने विज्ञप्तिमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै