सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

पुस ४ गते सार्वजनिक बिदाः गृह मन्त्रालय

 २ पुष २०७८, शुक्रबार  

गृह मन्त्रालयले आगामी पुस ४ गते आइतबार बिदा दिने निर्णय भएको छ।

मन्त्रालयले सूचना प्रकाशन गर्दै धान्य पूर्णिमा (ज्यापु दिवस) को अवसरमा काठमाडौँ उपत्यकामा र उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा दिइएको जनाएको छ।

नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०७८/०९/०१ गते पौष ४ गते आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा र काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने’ निर्णय भएको मन्त्रालयका उपसचिव वसन्त भट्टराईले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै