बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

जनकपुरधामका वडा अध्यक्षको आरोप, मेयरले आफूहरुमाथि आक्रमण गरायो

 २ पुष २०७८, शुक्रबार  

जनकपुरधाम उप-महानगरपालिकाका वडा अध्यक्षहरुले मेयरले आफूहरुमाथि आक्रमण गराउन खोजेको आरोप लगाएका छन् ।

वडा स्तरीय योजनाको बेवास्ता र अस्वच्छ अवस्था जस्ता विषयमा छलफल गर्न शुक्रबार मेयरलाई भेट्न गएका वडा अध्यक्षलाई बाहिरका मानिसहरुले मेयरकै संग्लग्नमा आक्रमण गराउन तयारी अवस्थामा राखिएको एक वडा अध्यक्षले बताएका छन् ।

‘हामीलाई ११ बजे भेट्न मेयर लालकिशोर साहले समय दिनुभएको थियो,’ वडा ७ का अध्यक्ष जानकीराम साहले भने, उनीहरुले कुरा गर्न खोज्दा मेयरकै निर्देशमा बाहिरीले बोल्न दिएनन् । ‘

आफूहरुलाई कुटपिट गर्ने मेयरले योजना बनाएको आरोप लगाउँदै वडाध्‍यक्ष साहले आफूहरु शान्त नहुँदा अप्रिय घट्ना हुन सक्ने बताए ।

मेयरले बाहिरका व्यक्ति बोलाएर राखेका व्यक्तिबीच हो हल्ला भएपछि कुनै अप्रिय घट्ना हुन नदिन अहिले जनकपुरधाम उप‍-महानगरपालिकामा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसअघि नगरको सरसफाइ नगरेको भन्दै वडाध्यक्षहरुले मेयर शाहको घर अगाडि फोहोर फालेका थिए । त्यसको केही दिनपछि मेयरको कार्यकक्षमा ताला समेत लगाएर धर्नामा बसेका थिए ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै