बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

बालिका बलात्कार गर्नेलाई २५ वर्ष कैद, छ लाख जरिवाना

 ३ पुष २०७८, शनिबार  

दैलेख जिल्ला अदालतले पाँच वर्षीया बालिकालाई बलात्कार कसूरमा एक जनालाई जन्मकैद (२५ वर्ष) को फैसला सुनाएको छ। नारायण नगरपालिका–८ सिमाडाका ३६ वर्षीय रामबहादुर बिकलाई जन्मकैद फैसला सुनाइएको हो।

जन्मकैद संगै अदालतले छ लाख जरिवाना, एक लाख पीडितलाई क्षतिपूति र २८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेको जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट उक्त फैसला भएको दैलेख जिल्ला अदालतका श्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिए।

मागदावी अनुसार सजाय मनासिव देखिएकोले पेशीकै दिन फैसला भएको श्रेस्तेदार कार्कीले जानकारी दिए। पाँच वर्षकी बालिकालाई बलात्कार गरेको गम्भीर घटना भएको कारण सहायक जिल्ला न्यायाधिवक्ता रुक्मेडा पोखरेलले अभियोगमा गरिएको मागदावी अनुसारकै जन्मकैद सजायको जिकीरसहित पीडित बालिकाको पक्षबाट बहस गरेका थिए।

२०७७ पुस १७ गते बालिकालाई बलात्कार गरेको भन्ने आरोपमा पीडित पक्षले पुस १८ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरीका आधारमा प्रहरीले त्यही दिन पक्राउ गरेको थियो। बालिकाको स्वास्थ्य परीक्षण दैलेख अस्पतालमा त्यही दिन गरिएको थियो। बलात्कारले बालिकाको यौनांग रक्ताम्य भएको कारण निको हुन दुई महिना लागेको थियो। प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकील कार्यालय मार्फत माघ १३ गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणी अभियोग पेश गरेको थियो। थुनछेक बहसपछि कसूरदारलाई माघ १३ गते पुर्पक्षका लागि दैलेख कारागार थुनामा पठाइएको थियो।

मुलुकी अपराध संहिता २०७४ अनुसार जन्मकैद २५ वर्ष पुर्‍याइएको छ। कर्तव्यज्यान, गम्भीर प्रकृति बलात्कार, दंगा गरेर नरसंहार जस्ता जघन्य अपराधमा जन्मकैद हुनसक्ने कानूनी व्यवस्था छ। अहिलेको अपराध संहिता भन्दा पहिले मुलुकी ऐन २०२० ले जन्मकैद २० वर्ष तोकेको थियो। वारदात भएको समय अनुसार जन्मकैद ठहरेका पुराना मुद्दामा २० वर्ष नै कैद हुने गरेको छ। यो समाचार नागरिक दैनिकमा छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै