बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

जनकपुरधामका खेलाडीका लागि प्लेपार्क बनाउँछौँ : अध्यक्ष साह

 ३ पुष २०७८, शनिबार  

धनुषा – जनकपुरधाम उपमहानगरपालिकाभित्रका उत्कृष्ट खेलाडीलाई प्रवर्द्धन गर्नु वडा र नगरप्रमुखको दायित्व भएको वडा अध्यक्ष जानकी राम साहले बताएका छन् ।

जनकपुरधामभित्रका खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने प्रयासमा लाग्ने जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जानकीराम साहले आज लादोबेलामा टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

जनकपुरधाम उपमहानगरपालिकाको २५ औँ वडामा क्रिकेट टिम बनाउने, खेलाडीको गुणस्तरका लागि सबै खर्च नगरले बेहोर्ने छ’ साथै खेल्ने पार्क पनि बनाउने छौं” यस्तो पहल गरिरहेको वडा अध्यक्ष साहले बताए ।

उनले भने हामी राम्रो भविष्यको लागि प्रतिबद्ध छौं। दु:खको घडीमा काम गर्ने व्यक्तिलाई अब जनताले जनप्रतिनिधि बनाउनुपर्छ । जनकपुरधामको विकासले मात्रै जनताको विकास हुने उनको भनाइ थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै