बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

उत्तर कोरियामा ११ दिनसम्म हाँस्न रोक, कसैको मृत्यु भएमा रुन पनि नपाइने

 ५ पुष २०७८, सोमबार  

उत्तर कोरियाका पूर्वनेता तथा किम जोङ उनका पिता किम जोङ इलको १०औं पुण्यतिथिमा ११ दिन राष्ट्रिय शोक मनाउने घोषणा गरिएको छ ।

शुक्रबार उत्तर कोरियाले शोक मनाउने घोषणा गर्दै आफ्ना नागरिकलाई ११ दिन हाँस्न, मदिरा सेवन गर्न र किनमेल गर्न प्रतिबन्ध लगाएको हो । उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएका अनुसार किम जोङ इलको सम्मानमा पूरा देश उनलाई शान्त श्रद्धाञ्जली दिनेछ ।

यस अवधिमा गाडी र रेललाई हर्न बजाउन पनि प्रतिबन्ध लगाइएको छ । त्यस्तै यो ११ दिनको बीचमा कुनै पनि घरमा कसैको मृत्यु भएमा रुन पनि अनुमति छैन । त्यस्तै शोक अवधि सकिएपछि अर्थात ११ दिनपछि मात्र घरबाट शव निकाल्न निर्देशन दिइएको पनि बताइएको छ । त्यस्तै यही अवधिमा कसैको जन्मदिन परेमा पनि मनाउन पाइने छैन ।

 

डिसेम्बर १७ तारिख दिउँसो पूरै देशमा एकसाथ साइरन बजाइनेछ र सम्पूर्ण नागरिक कुमसुसान प्यालेसतर्फ फर्किएर तीन मिनेट नेता किमलाई श्रद्धाञ्जली दिनेछन् । किम जोङ इलको मृत्यु सन् २०११ डिसेम्बर १७ मा भएको थियो । दुई दिनसम्म उनको मृत्युका बारेमा कुनै जानकारी सार्वजनिक गरिएको थिएन ।

दुई दिनपछि सरकारी सञ्चारमाध्यममार्फत उनको मृत्यु भएको घोषणा गरिएको थियो । किम जोङ इल उत्तर कोरियामा शासन गर्ने किम वंशका दोस्रो व्यक्ति हुन् । उनले उत्तर कोरियामा १७ वर्ष शासन गरेका थिए । एजेन्सी 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै