बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

जनकपुरधामको बोर्ड बैठकमा मेयर साहले अधिनायकवादी प्रवृत्ति देखाएको वडा अध्यक्षको आरोप

 ६ पुष २०७८, मंगलवार  

धनुषा : ६ महिनापछि जनकपुरधाम उपमहानगरपालिकाको बसेको बोर्ड बैठकमा मेयर लालकिशोर साहले एकलौटी गरेको भन्दै असन्तुष्ट वडाध्यक्षहरूले आरोप लगाएका छन् ।

सोमबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मेयर लालकिशोर साहले बोर्ड बैठकमा अधिनायकवादी प्रवृत्ति देखाएको आरोप लागेका छन् । बैठकमा उनीहरु अल्पमतमा रहेकाले उनीहरुको कुरा नसुनेर एकतर्फी निर्णय गरेको वडा नम्बर ७ का वडा अध्यक्ष जानकीराम साहले बताए ।

सोमबारको बैठकमा उनले विभिन्न नौवटा प्रस्ताव राखे पनि वडाध्यक्ष साहले ती प्रस्तावमा चासो नदेखेको भन्दै मेयर साह बहुमतका आधारमा अधिनायकवादी बनेको गुनासो गरे । भेटमा उनले सहरको सरसफाइ, वडा स्तरीय योजना, तीन महिनामा बोर्ड बैठक बोलाउने, शिक्षा, स्वास्थ्य, क्षेत्रमा माछा, मासु र मदिरा निषेध गर्ने निर्णय, किसानलाई मल, खाद्यान्न र बीउको उपलब्धतालगायतका विषयमा छलफल भएको थियो । गत बर्ष करिव १ करोड रुपैयाँमा खरिद गरिएको भेपर लाइटलगायतका बिषयहरुमा मेयर साहसँग राय लिन खोज्दा कुनै चासो नदेखेको पनि उनले बताए ।

वडाध्यक्षले आफ्नो कुरा राख्न खोजिरहेका बेला मेयर साहले बाउन्सर हानेका छन् भने उपमहानगरपालिकाका कुना–कुना बाउन्सरले भरिएका छन् । वडा नम्बर १ का वडाध्यक्ष शत्रुधन साहले मेयरलाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको आरोप लगाएका छन् ।

यता, वडा नं ३ का वडा अध्यक्ष दीपेन्द्रकुमार साहले पनि मेयर साहले आफ्नो वडाको योजना नै बिगारेकाले यो वर्ष कुनै काम गर्न नसकेको बताए ।

उनले चालू आर्थिक वर्षमा मेयरले पर्यटन प्रवद्र्धनका नाममा २ करोड ६७ लाख, विद्युतमा ६ करोड ११ लाख र महिला सशक्तिकरणको नाममा ४ करोड रुपैयाँ बजेट छुट्याए पनि यी बजेटहरु आफ्नो आसेपासेका करारका कर्मचारीसँग चलाईरहेको आरोप समेत लगाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै