सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

माओवादी केन्द्रबाट मेयर जितेका जालिम मिया एमालेमा प्रवेश गर्ने, यस्तो छ तयारी 

 ७ पुष २०७८, बुधबार  

पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँलाई नेकपा एमालेमा भित्राउन अध्यक्ष केपि शर्मा ओली पुष ८ गते विरगञ्ज जान लागेका छन् ।

ओलीले नेकपा (माओवादी केन्द्र) बाट गाउँपालीका प्रमुख जितेका मियाँलाई एमालेमा प्रवेश गराएर पर्सा जिल्लामा पार्टीलाई मजबुत गर्ने तयारी गरिरहेका हुन ।

पुष ८ गते हुने वृहत पार्टी प्रवेश कार्यक्रममा मियाँसंगै सयौंको संख्यामा कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको छ ।

ओली सहभागि हुने कार्यक्रममा प्रदेश २ को आठवटै जिल्लाबाट करिब एक लाख जनता तथा कार्यकर्ता जगरनाथपुरमा उतार्ने कार्यक्रम एमाले प्रदेश कमिटिले तयारी गरीरहेको छ ।

एमाले प्रदेश २ का ईन्चार्ज रघुविर महासेठको अध्यक्षतामा बिरगञ्जमा भएको बैठकले कार्यक्रमलाई भव्य बनाउन विभिन्न निर्णयहरु गर्दै १ लाख नागरिक सहभागि गराउने तयारी गरेको हो । त्यसका लागि हरेक जिल्लामा तयारी समिति समेत गठन गरिएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को नजिकी मानिएका जालिम मियाँ माओवादीकै अर्का नेता प्रभु साह एमालेमा गएपछी उनकै सल्लाहमा एमाले प्रवेश गर्न लागेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै