बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

जनकपुर : बसहियामा नेपाली झण्डा जलाएपछि शंकास्पद गुप्तामाथि अनुसन्धान सुरु

 ८ पुष २०७८, बिहीबार  

धनुषा : बसहिया गाउँको प्रवेशद्वारमा राखिएको बोर्डबाट नेपाली झण्डालाई जलाएपछि स्थानीय आक्रोशित भएका छन् । राष्ट्रिय झण्डा जलाएपछि शंकास्पद व्यक्तिमाथि अनुसन्धान भइरहेको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं २४ बसहिया गाउँमा गत राति बाहिरबाट आएका केही उच्छृङ्खल व्यक्तिले शेरे नेपाल चौक र नूर युवा कमिटी लेखिएको बोर्डमा राखिएको नेपाली झण्डालाई जलाएका हुन्।

साम्प्रदायिक दंगा फैलाउने प्रयास:
केही साताअघि राजीव गुप्ता नामका व्यक्तिले टिकटक मार्फत भिडियो सार्वजनिक गरेका थिए । बसहियाको प्रवेशद्वार बोर्डलाई निशाना बनाएको भिडियो देखिएको थियो । जसमा सर्वसाधारणले गुप्तालाई इस्लामोफोबिया जस्तो व्यवहार गरेको देखे ।

केही सातापछि सोही गाउँमा त्यही बोर्ड खस्यो । बोर्डमा आगो लगाइएको थियो भने बोर्डमा रहेको नेपाली झण्डा जलाइएको थियो ।

कुनै पनि राजनीतिक दलले यस्ता गतिविधिमा संलग्न भई साम्प्रदायिक दंगा गराउन खोजेको छ। आगामी निर्वाचनका लागि हिन्दू र मुस्लिमबीच विवाद गराएर भोटको योजना बनाउन लागेको स्थानीय वीरेन्द्र कपारले बताए ।

अहिलेसम्म गाउँमा जातीय भेदभाव भएन तर बाहिरका केहि उच्छृङ्खल व्यक्तिले मेरो गाउँमा आएर भ्रम फैलाउने भिडियो बनाएका छन्। अन्य देशमा जसरी जातीय र धर्मको विवाद ल्याएर सत्ता निर्माण गरिन्छ, हाम्रो देशमा पनि विगत केही महिनादेखि त्यही देखिएको छ । दोषीलाई कारबाही गर्न स्थानीय सद्दाम हुसेनले बताए ।

सई मनोज यावद भन्छन “यस्तो परिस्थितिमा अनावश्यक रूपमा राष्ट्रिय झण्डा दुरूपयोग र दुर्व्यवहार भएको कुरा हामीले चासो राख्नुपर्ने विषय हो।” अपराधी व्यक्तिलाई खोजिरहेका छौँ र अनुसन्धानको दायरा अगाडि बढाएका छौं उनले भने ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै