सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

प्रदेश २ काङ्ग्रेस उपसभापतिमा वीरेन्द्र र चन्द्रशेखर, महामन्त्रीमा उपेन्द्र र बृहस्पति निर्वाचित

 १० पुष २०७८, शनिबार  

नेपाली कांग्रेस प्रदेश नं २ को आज बिहान सम्पन्न मतपरिणामअनुसार उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह एक हजार १९ र चन्द्रशेखर यादव ८९५ मत ल्याएर विजयी भएका छन् ।

निकटतम प्रतिस्पर्धी विनोदकुमार खनालले ७४० र धनलाल ठोकरले ६३६ मत प्राप्त गरको निर्वाचन समितिले जनाएको छ । महामन्त्रीमा उपेन्द्रकुमार यादव ९५९ र बृहस्पतिकृष्ण श्रेष्ठ ७८८ मत प्राप्त गरी निर्वाचित भए भने उनीहरुको निकटम प्रतिद्वन्द्वी नरेश यादवले ७७५ र हरेशप्रसाद महतोले ७०३ मत ल्याए ।

सहमहामन्त्रीमा जयनारायण यादव ८७९ र परशुराम चौधरीले ८२२ मत ल्याएर निर्वाचित भए भने उनीहरुको निकटम प्रतिस्पर्धी विनोद कुमार यादव ६९१ र नारायण चौधरीले ६०१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

सहमहामन्त्री महिला तर्फ बिन्दु कुमारी यादव ८८९ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी भिमादवी शर्माले ५३२ मत प्राप्त गरिन् । यसअघि हिजो नै नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव निर्वाचित भइसकेको छन् ।

प्रदेश समितिका सदस्य पदको मतगणना भईरहेको निर्वाचित समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिए । जम्मा ६७ पदका लागि गत बिहीबार बिहान १० बजेदेखि राति ८ बजेसम्म भएको मतदानमा कुल १ हजार ९५१ मतदाता मध्ये १ हजार ८८१ ले मतदान गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै