सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

देवरा-रुपैठामा वडा सम्मेलनबाट एमालेको नेतृत्व सर्वसम्मतिले चयन

 १० पुष २०७८, शनिबार  

जनकपुरधाम : नेकपा एमालेले वडा सम्मेलन गरी देवरा रुपैठाको नेतृत्व सर्वसम्मतिले चयन गरेको छ ।

नेकपा (एमाले) जिल्ला तथा प्रदेश कमिटीले जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० मा भएको वडा सम्मेलनबाट पदाधिकारी छनोट गरेको हो ।

सोही अनुसार वडा अध्यक्षमा सत्यनारायण साह, उपसभापतिमा वाहिद कावाडी र राजकिशोर महतो र सचिवमा जाबिर राइनसहित १३ सदस्य सर्वसम्मतिले निर्वाचित भएका छन् ।

एमाले प्रदेश २ कमिटी सदस्य हाकिम राइनको प्रमुख अतिथिमा वडा सम्मेलन भएको थियो । उनले एमाले देशको पहिलो शक्ति भएको बताउँदै आगामी निर्वाचनमा पनि त्यही तहमा बलियो बहुमत ल्याउने विश्वास व्यक्त गरे । यस्तै अतिथिमा एमालेका प्रदेश २ कमिटी सदस्य मो. कैस राइन र शिव शंकार उपस्थिति रहेकोे थियो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै