किसान आन्दोलनलाई विफल पार्न सिकेको अराजकता दुःखद छ : सलिम अन्सारी

विचार । यूवा किसान मोर्चाले थालेको शान्तिपूर्ण किसान आनदोलनलाई बदनाम र बिफल पार्न सिके राउत ले घुसपैठिया गुण्डाहरू परिचालन गरेको हो । किसान आन्दोलनलाई बदनाम र बिफल पार्न सिके राउत ले आफना अराजक गुण्डाहरू परिचालन गरि सर्वसाधारण को गाडी तोडफोड तथा आगजनी गर्नु अत्यन्तै दुखद र निन्दनीयकदम रहेको किसान आन्दोलनका संयोजक सलिम अन्सारीले बताएका छन् ।
यूवा किसान मोर्चाले पिडित किसान को लागि १२ बुंदे माग सहित सरकारलाई ज्ञापन पत्र बुझाई आफना मागहरू सम्बोधन गराउन दावाबमुलक कार्यर्क्रम सहित शान्तिपूर्ण आन्दोलनमा उत्रेका बेला आम किसानहरुको पक्षमा नैतिक समर्थन गर्नु त कता हो कता मोर्चाको आन्दोलन लाई नै हाईज्याक गर्न सिके राउतले आफनो अराजक गुण्डाहरू परिचालन गरि तोडफोडमा उत्रनु र अराजकता मच्याउनु गलत भएको भन्दै किसान नेता सलिम अन्सारीले आज विभिन्न शोसल मिडिया मार्फत प्राप्त यस्ता अमानवीय समाचारहरु र किसान आन्दोलनमा गरिएका ज्यादती र हर्कहरुका बिरुद उत्रने चेतावनी समेत दिएका छन् । पटक पटकको तराईका किसानहरुको आन्दोलन तुहाउन सि.के. राउतका गुण्डाहरु परिचालित हुनुले सि.के. राउत सिंगो तराई र तराईका किसान मजदुर प्रति उत्तरदायी नभएको पुष्टि गरेको बताएका हुन ।
बिगत लामो समयदेखि असहाय, मजदुर तथा किसानहरुका समस्याहरुमा चर्को आवाज र शशक्त दवाव सृजना गर्दै सरकारलाई दवाव दिदै आएका किसान नेता अन्सारीले यूवा किसानहरूको शान्तिपूर्ण आन्दोलनलाई बदनाम र विफल पार्ने नियत नराख्न चेतावनी समेत दिएका छन् । निमुखाको लागि न्याय नै पहिलो शर्त हो भन्दै नेता अन्सारीले यस्ता घुसपैठ र तोडफोडले किसानहरुको आन्दोलन नरोकिने बताएका छन् ।
बिशुद्ध अधिकारका लागि लडिरहेका किसान मजदुरहरु प्रति सदासयता जनाउनु र समर्थन गर्नुको सट्टा उल्टै किसानहरुलाई बदनाम देखाउन गरिने यस्ता अमानवीय कार्यप्रति सिके लाई अविलम्ब सच्चिन र शान्तिपूर्ण आन्दोलनमा सहयोग गर्न मोर्चाका नेता सलिम अन्सारी ले आह्वान समेत गरेका छन ।
साथै पिडित किसानहरूको शान्तिपूर्ण आन्दोलनमा सरकार ले उठाएको दमनकारी कदम को घोर विरोध गर्दै आन्दोलनको आंधीवेरी ल्याउने सलिम अन्सारीले चेतावनी दिएका छन ।