बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

रौतहटमा स्कारपियो दुर्घटना हुदा मृत्यु भएका पाँच जनाको सनाखत

 १३ पुष २०७८, मंगलवार  

रौतहटको गरुडामा भारतीय नम्बरको स्कारपियो दुर्घटनामा मृत्यु भएका पाँच जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा गढीमाई नगरपालिका ३ गम्हरियाका ५५ वर्षीय मारुफ मियाँ अन्सारी, २५ वर्षीय शेख छोटू, २२ वर्षीय शेख सैनुलाह, १६ वर्षीय शेख नौसाद र उमेर नखुलेका शेख अबुलेस रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपि श्रीराम भन्डारीले जानकारी गराएका छन्।

मंगलबार गौर चन्द्रनिगाहपुर सडक खण्डको गरुडा नपा १ जयनगरमा पोलमा ठोकिएर स्कारपियो दुर्घटना ग्रस्त भएको थियो। जन्ती लिएर फर्किँदै गरेको गाडी दुर्घटनामा परेको बताइएको छ। बिआर ०५ पिए ६९५३ नम्बरको भारतीय स्कारपियो जिपमा ८ जना सवार भएको बताइएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै