सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

राजर्षि जनक विश्वविद्यालयका विद्यार्थी किन बन्दैछ बारम्बार आन्दोलित : आदर्श मंडल

 १५ पुष २०७८, बिहीबार  

जनकपुर : राजर्षि जनक विश्वविद्यालयका कानुनका विद्यार्थी तथा जनकपुरका चर्चित युवा आदर्शकुमार मण्डलले आफ्नो फेसबुक पेजमार्फत कलेज प्रतिनिधिविरुद्ध आक्रोश पोखेका छन् । नेता लेख्छन्, ‘आफ्नो बुबाको निजी सम्पत्तिको समस्या समाधान गर्नुको साटो राजर्षि जनक विश्वविद्यालयलाई जहिले पनि बन्द गर्नु सरकारी सम्पत्ति हो कि विश्वविद्यालयलाई अनिश्चितकालका लागि बन्द गर्नु हो ? नयाँ भर्ना हुने कि अनिश्चितकालका लागि बन्द ? संबंधित जिम्मेवारी लिने व्यक्तिले राजीनामा दिए हुन्छ।

जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । निमित्त क्याम्पस प्रमुख विनोदकुमार कर्णले स्थानीय रामानन्द चोक क्याम्पसमा अध्ययनरत विद्यार्थीले शैक्षिक भ्रमण र अतिरिक्त क्रियाकलापका लागि समय समयमा विभिन्न हड्ताल, आन्दोलन र तोडफोड गर्ने गरेका छन् ।

सुनुवाइ नहुँदा क्याम्पस नियमित सञ्चालनमा परेको असहज अवस्थाका कारण समस्या समाधान नभएसम्म पुष १५ शुक्रबारदेखि क्याम्पसको सम्पूर्ण पठनपाठन अनिश्चितकालका लागि स्थगित गरिएको निमित्त क्याम्पस प्रमुख कुमार कर्णले जानकारी दिएका छन् ।

यसअघि विद्यार्थीले कार्यवाहक प्रमुख कर्णलाई विगत दुई दिनदेखि क्याम्पसभित्रै थुनेर राखेका थिए । क्याम्पसले शैक्षिक भ्रमणका लागि पैसा नदिएको भन्दै बीएससी सीएसआईटी तेस्रो वर्षमा अध्ययनरत पाँचौं सेमेस्टरका विद्यार्थीले कर्णलाई क्याम्पसभित्रै हिरासतमा लिएका थिए ।

विद्यार्थीले क्याम्पसमा सफ्टवेयर, नेटवर्क, डाटा सेन्टर, कम्युनिकेशन सर्भर र प्रोग्रामिङलगायत शैक्षिक भ्रमणका लागि बजेट माग गरेका थिए । बीएससी सीएसआईटीको पाँचौं सेमेस्टरमा अध्ययनरत विद्यार्थी राकेश यादवले स्लाभासमा शैक्षिक भ्रमण गराइने बताएको र भर्ना गर्दा क्याम्पसले पैसा लिएको भए पनि पैसा नदिएको बताए ।

क्याम्पस प्रमुख कर्णले विज्ञान तथा प्रविधि संकायका डीन प्रा डा श्याम किशोर महतोको सहयोग मागेका थिए । सोमबार महतोले मेगा बैंक खाताबाट ९० हजार रुपैयाँको चेक हस्तान्तरण गरेपछि सो खाता बन्द रहेको पाएपछि विद्यार्थीहरु आन्दोलित भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै